२०८३, श्रावण १५ गते

Jul 31 2026 | २०८३, श्रावण १५ गते

बीएमजीद्वारा शुभकामना आदानप्रदान

शुक्रवार , आश्विन १८, २०८१

  • 703
    Shares
  • 703
    Shares
  • भैरहवा, १८ असोज । भैरहवा मर्निङवाक ग्रुप (बीएमजी)ले नेपालीहरुको महान पर्व वडादशै, दिपावली तथा छठ पुजाको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । 
    भैरहवास्थित शहीद स्मृति पुस्तकालयमा आयोजना गरिएको कार्यक्रममा पर्वहरुको अवसरमा शुभकामना प्रदान गरिएको थियो । 

    कार्यक्रममा बोल्ने वक्ताहरुले विजया दशमी, दिपावली जस्ता चाडपर्वले नेपालीहरुमा उत्साह, उमंग र एकताको भाव झल्काउने भन्दै सत्य र नेपाली नागरिकहरुको हितमा लाग्न आग्रह गरेका थिए । 

    कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, सिद्धार्थनगर नगरपालिकाको पूर्व उपप्रमुख उमा काफ्ले, वरिष्ठ गजलकार बुंद राना, समाजसेवी दिलिप भट्टराई, डा. गोविन्द्र बल्लभ भट्ट लगायतले शुभकामना दिदै पर्वहरुलाई रमाईलो गरी मनाउन आग्रह गर्दै स्वास्थ्यप्रति विशेष ध्यान दिन आग्रह गरिएको बीएमजीका अध्यक्ष विजय सागरले जानकारी दिए । 

    कार्यक्रममा बोल्दै साहित्यकारहरुले नेपालका राजनीतिक दलका नेताका कारण नेपालीहरुले पाएका दुःख र कष्टका विषयमा खुलेर विरोध गरेका थिए । शुभकामना दिदै कार्यक्रमका सहभागीहरुले नेताहरुका कारण आम नेपालीले विभिन्न खालको दुःख र कष्ट व्यहोर्नुपरेको उल्लेख गर्दै विजया दशमी लगायतका चाडपर्वले नेताहरुमा सद्बुद्धि पलाओस् भन्ने शुभकामना पनि दिइएको संस्थाका सचिव मनमाली निराकारले जानकारी दिए ।