२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एलएसडीटीको नौलो कार्यक्रम ‘मेरो दशैं’

आइतवार , आश्विन २०, २०८१

भैरहवा, २० असोज । रुपन्देहीको भैरहवामा ‘मेरो दशैं’ कार्यक्रम भएको छ । लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (एसएसडीटी) को १३३ औ श्रृंखलामा सम्पन्न उक्त कार्यक्रममा एलएसडीटी सदस्यहरुका अभिभावक बुवा–बाजेले आफ्नो युवाकालको दशैं अनुभव साट्दै दशैँ शुभकामना आदानप्रदान गरेका छन् ।

कार्यक्रममा प्राज्ञ बुद रानाले २०८१ को  दशैले मानव जाति चिन्ताबाट मुक्त हुन सकुन् भन्दै शुभकामना व्यक्त गरे । उनले मानवलाई ककहिल्यै चिन्ता गर्न नपरोस् भन्दै चिन्ताले चितामा पुर्याउने बताए । प्रमुख अतिथि समेत रहेका गजलकार रानाले गजलबाट पनि शुभकामना व्यक्त गरे । उनको गजल प्रस्तुति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चित छ ।

कार्यक्रममा ९० वर्षीय योग शिक्षक प्रेमनारायण श्रेष्ठले सबैको स्वास्थको लागि कामना गर्दै योग र खानपिनबारे चर्चा गरेका थिए । उनले आफ्नो व्यक्तिगत अनुभवमा  भने,‘डाक्टरले मलाई अपरेशन गर्न भनेका थिए, मैले मानिन र योगको अभ्यास गरे । आजसम्म स्वस्थ छु ।’

कार्यक्रममा राजयोगिनी शान्ति दिदीले ब्रहामाकुमारी ईश्वरीय विश्वविद्यालयमा पनि रातो टिका लगाएर दशैं उत्सव हुने भएकोले अन्य जोसुकैलाई पनि विजया दशमी (टीका) को लागि आउन निमन्त्रणा गर्दै आफ्नो बाल्यकालको दशैं अनुभव सुनाएकी थिइन् ।

एलएसडीटी सदस्यहरुका अन्य बुवा हजुरबुवाहरु ७६ वर्षिय लोकनाथ पौडेलसहित अर्जुन भण्डारी, रामकृष्ण लोहनी, कृष्ण प्रसाद भण्डारी र पूर्ण बहादुर तामाङले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा उपस्थित सम्पूर्णलाई १३३ औं श्रृंखलाकी अध्यक्ष रश्मी लोहनीले धन्यवाद मन्तव्य व्यक्त गर्दै एलएसडीटीको मंच सबैका लागि खुला भएको बताइन् ।

शनिबार भैरहवास्थित होटल एसियन बुद्धमा आयोजित कार्यक्रममा अतिथिहरुलाई कार्यक्रम संयोजक बिना नेपाल सिग्देलले पुष्पगुच्छाबाट स्वागत गर्नुका साथै  स्वागत मन्तव्य व्यक्त गर्दै एलएसडीटी हरेक वर्गका निम्ति उपयोगी भएको सुनाइन् ।

कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ टुलिपकी सचिव तथा एलएसडीटी सदस्य शारदा रेग्मी कपुरले गरेकी थिइन् ।

कार्यक्रममा साहित्यकार वसन्ता गौतम कोइरालाले कविता प्रस्तुत गरेकी थिइन् भने एलएसडीटी युवा मंचका सदस्य सवल पन्तले भाषण कला सम्बन्धि प्रस्तुत गरेको एलएसडीटी सचिवालय प्रमुख विरेन्द्र ज्ञवालीले बताए । एलएसडीटी सदस्य धन कुमारी कार्कीले सक्षिप्त दशैंको गीतबाट शुभकामना व्यक्त गरेकी थिइन् ।

WhatsApp Image 2024-10-05 at 7.26.39 PM.jpeg

कार्यक्रमको प्रारम्भिक सहजीकरण एलएसडीटी व्यवस्थापन सदस्य कृष्ण साह कानुले गरेका थिए । सो अवसरमा साहले भने, ‘एलएसडीटिले लिडरसीप क्षमता वृद्धिका निम्ति नौलो कार्यक्रम गर्दै आएको छ । यसअघिको तिजमा आमासँग तीज कार्यक्रम गरेको थियो भने यस वर्ष बुवासँग दशैं कार्यक्रम गरेको छ ।

एलएसडीटीका कार्यक्रमहरुले आफ्नो संस्कृतिका आधारमा आफूभित्रको लिडरसीप क्षमता वृद्धि गर्न सिकाउने व्यवस्थापन समितिका सदस्य नितु थापाले बताइन् । यो कार्यक्रम १३३ औं श्रृंखलासम्म निःशुल्क सञ्चालन हुँदै आएको छ । यसको व्यवस्थापन सदस्यहरुको आफ्नो स्वेच्छिक योगदानबाट हुँदै मनिष तामाङले बताए । 

WhatsApp Image 2024-10-06 at 7.39.52 AM.jpeg

यसको संस्थापक र मुख्य प्रशिक्षक विजय पाण्डे हुन् । ‘पाण्डे अशल लिडर बन्नका निम्ति प्रयास गरिरहनुभएको छ । हामीले अभ्यास गरिरहेका छौं,’ व्यवसायी तथा एलएसडीटी व्यवस्थापन समितिका सदस्य हरिश सेठियाले भने ।’ पाण्डे एक उत्प्रेरक व्यक्तिका रुपमा परिचित छन् ।