२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश नियुक्त

आइतवार , आश्विन २०, २०८१

काठमाडौं । प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को उपधारा २ अनुसार संवैधानिक परिषद्को सिफारिसमा नियुक्त गरेका हुन् ।

परिषद्को सिफारिस पछि संसदीय सुनुवाइ समितिले राउतको नाम अनुमोदन गरेको थियो । उनलाई आजै साढे १ बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि उनले कार्यभार सम्हाल्ने छन् ।

कानून व्यवसायीको पृष्ठभूमिबाट सर्वोच्च अदालतमा नियुक्त भएका उनी १६ चैत, २०८२ सम्म प्रधानन्यायाधीश हुनेछन् । राउत १७ साउन २०७३ देखि सर्वोच्च अदालतमा न्यायाधीश छन् ।