२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

सि.बि. पब्लिकद्वारा शिक्षक र कर्मचारीलाई सम्मान

सोमवार , आश्विन २१, २०८१

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, २१ असोज ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ स्थित सि.बि. पब्लिक हाई स्कूलले शिक्षक र कर्मचारीहरुलाई सम्मान गरहेको छ । विद्यालयमा १५ वर्ष बढी अवधिसम्म कार्यरत शिक्षक र कर्मचारीहरुलाई ‘दीर्घकालीन सेवा सम्मान–२०८१’ बाट सम्मान गरिएको प्रिन्सिपल उदय कुमार मल्लिकले बताए ।

    विश्व शिक्षक दिवसको अवसर पारेर विद्यालयमा सम्मान कार्यक्रम आयोजना गरिएको मल्लिकले जानकारी दिए । शिक्षक तथा कर्मचारीलाई ताम्रपत्र, दोसल्ला, खादा, माला र अबिरले सम्मान गरिएको थियो ।

    सम्मानित हुनेमा विद्यालय सहयोगी मेराज महम्मद तेली मुसलमान (२८ वर्ष) शिक्षक उजली कुमारी सुनार सोनी (२५ वर्ष), गोविन्द थापा मगर (२४ वर्ष), उदय कुमार मल्लिक, सुनिता पाण्डे, मीना शर्मा (२२ वर्ष), ओम माया श्रेष्ठ २१ वर्ष (मरणोपरान्त), कमला पहारी (२० वर्ष), लेखनाथ भण्डारी, (१८ वर्ष) पुनम क्षेत्री न्यौपाने (१७ वर्ष), बसुन्धरा चौधरी (१६ वर्ष), पदमा विश्वकर्मा संजय कुमार शर्मा र सवारीचालक राजेश कुमार थारु (१५ वर्ष) रहेका छन् । 

    विद्यालयका अध्यक्ष लेखनाथ भण्डारीको अध्यक्षता तथा प्रिन्सिपल उदय कुमार मल्लिकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    WhatsApp Image 2024-10-07 at 2.50.58 AM.jpeg