२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

बेलवा आधारभूत विद्यालयको अध्यक्षमा राकेश मल्लाह

मंगलवार , आश्विन २२, २०८१

रुपन्देही, २२ असोज ।
रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर १ स्थित श्री बेलवा आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राकेश मल्लाह सर्वसम्मत चयन भएका छन् । समितिको सदस्यमा श्रवण कुमार मल्लाह, तारादेवी हरिजन, तारादेवी लोनिया, महेन्द्र ठाकुर, फुल लोध र रोम नयन बि.क चयन भएको विद्यालयले जनाएको छ ।

अध्यक्ष मल्लाहले शैक्षिक उन्नयनका लागि रुपमा काम गर्ने बताए । विद्यालयको पूर्वाधार विकास, प्रविधिमैत्री शिक्षामा बढी केन्द्रीत हुने उनले उल्लेख गरे । विद्यार्थीहरुको सर्वागींण विकासका लागि पठनपाठनसँगै अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने उनले प्रतिवद्धता व्यक्त गरे । राम्रो नतिजा ल्याउन विद्यालयका शिक्षकहरु गम्भीर भएर लाग्नुपर्नेमा उनको जोड छ ।