
मंगलवार , आश्विन २२, २०८१
भैरहवा, २२ असोज ।
रुपन्देही शैक्षिक तथा सामाजिक प्रतिष्ठान (रेसा), नेपालले सोमबार भैरहवामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । नेपालीहरुको महान पर्वहरु विजया दशमी, दिपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा कार्यक्रम गरिएको संस्थाका अध्यक्ष हरि बहादुर थापाले बताए ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार प्रा. डा. गितु गिरी, सल्लाहकारहरु प्रा. डा. कपिलदेव लामिछाने, मोतीलाल सुवेदी, महेश भुर्तेल, डिल्लीराज भट्टराई, मोती प्रसाद पौडेल, संस्थाका उपाध्यक्ष पिताम्बर पन्थ, सचिव श्री रायमाझी, कोषाध्यक्ष गंगा भुसाल लगायतले बोलेका थिए ।
यसैबीच संस्थाको चौथो बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले नेपालमा मनाइने चाडपर्वहरुको महत्व बुझाउन स्थानीय तह, विद्यालय, कलेजसँग समन्वय गर्ने तथा रेडियोमार्फत कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष हरि बहादुर थापाले बताए । उनले कार्यशाला बैठक गरेर वार्षिक क्यालेण्डर बनाएर अघि बढ्ने निर्णय भएको जानकारी दिए ।
यसअघि रुपन्देही दर्पण निकालिएको र आगामी २०८२ वैशाखभित्र लुम्बिनी प्रदेश दर्पण (ग्रन्थ) निकाल्ने र सो का लागि प्रा.डा. कपिलदेव लामिछानेलाई जिम्मेवारी दिइएको अध्यक्ष थापाले जानकारी दिए । उनले भने, ‘रेसा रुपन्देहीको शैक्षिक गुणस्तर र गतिविधिको नेतृत्व गर्न गठित संस्था हो । यसमा बौद्धिक वर्गको जमात छ । ’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij