२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बाढीपहिरोका कारण संकटग्रस्त जिल्लाहरुमा राहत, पुनस्र्थापना गर्दै सरकार

मंगलवार , आश्विन २२, २०८१

काठमाण्डौं,२२ असोज ।सरकारले बाढीपहिरोका कारण संकटग्रस्त घोषणा गरिएका जिल्लाहरुमा राहत, पुनस्र्थापनाको काम तीव्र ढंगले भइरहेको जनाएको छ । 

मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले विपद् संकटग्रस्त घोषणा भएका पालीकामा खाधान्न पुराउनेदेखि अवरुद्ध सडक, सञ्चार, विधुत सूचारु गर्ने काम तीव्र रुपमा भइरहेको बताएका छन ।

उनले प्रभावित जनतालाई राहत र पुननिर्माणका लागि आवश्यक रकम पठाउनका लागि जिल्ला विपत् व्यवस्थापन समितिसंग समन्वय गरेर आवश्यक व्यवस्थापन गर्ने जिम्मा गृहमन्त्रालयलाई दिइएको जानकारी दिए । अझै केहि पालीका विपद् संकटग्रस्त घोषणा हुन सक्ने र त्यस्तो पालीकाको संख्या ६५ सम्म पुग्न सक्ने उनले बताए  ।

त्यस्तै मन्त्रिपरिषद्ले नेपाल सरकारका पूर्व अर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा विज्ञहरुको पाँच सदस्यीय उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको प्रवक्ता गुरुङले बताए । बैठकले आरोहणका लागि थप ५७ वटा हिमाल खुला गर्न स्वीकृति दिने, हुलाक सेवा बिभाग र अन्तर्गतका निकायहरुको संगठन संरचना र दरवन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको उहाले जानकारी दिए । 

त्यस्तै मन्त्रिपरिषद्ले दुरसञ्चार दशौं संशोधन नियमावली २०८१ स्वीकृत गर्ने, शेयर तथा ऋण लगानी नीति २०८१ स्वीकृत गर्ने र बीउ विजन नियमावली २०८१ स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।