२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

गुुनासो लिएर आएका विद्यार्थीलाई सिद्धार्थनगरका मेयरद्वारा सम्मान

बुधवार , आश्विन २३, २०८१

भैरहवा, २३ असोज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खानले आफ्नो समस्या लिएर भेट्न आएका विद्यार्थीलाई सम्मान गरेका छन् । मेयर खानले विद्यार्थीहरुको समस्या तत्काल समाधान गर्न निर्देशन समेत दिएका छन् ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का कक्षा ५ मा अध्ययनरत अनिल गुप्ता र ८ मा अध्ययनरत राजिव गुुप्ताले सडकको समस्या लिएर मेयर खानलाई भेट्न गएका थिए । 

कार्यकक्षमा गुनासो लिएर आएका उनीहरुको समस्या तत्काल सम्बोधन गर्न सम्बन्धित शाखालाई निर्देशन दिए । मेयर खानले विद्यार्थीहरु भविष्यका कर्णाधार भएको उल्लेख गर्दै सानै उमेरदेखि समाजसेवाको भाव आउनुु, आफ्ना समस्या सरोकारवालासँग राख्न सक्नुु अझ सकारात्मक भएको उल्लेख गरे ।

विद्यार्थीलाई सकारात्मक उर्जा प्रदान गर्ने एवं उनीहरुमा समाजसेवाको भावनालाई अझ विकास गराउने उद्देश्यले गुनासो लिएर आएका विद्यार्थीहरुलाई सम्मान गरिएको मेयर खानले जानकारी दिए । साथै उनले हरेक नगरबासीका समस्याप्रति नगरपालिका संवेदनशील रहेको पनि उल्लेख गरे ।

ebd24434-15e3-48a8-aa62-432ed3294fe0.jpeg

विद्यार्थीहरुले मेउडिहवा जिसी पथमा कुलोको पानीका कारण करिब ३ सय मिटर क्षेत्रको बाटोमा आवतजावतमा समस्या भएको र उक्त क्षेत्र मर्मत गरिदिन आग्रह गरेका थिए ।