
बुधवार , आश्विन २३, २०८१
भैरहवा । बुद्ध एयरका सिनियर पाईलट रंजन सुबेदी अब गायककारको रुपमा पनि भेट्टीने भएका छन् । उनले कति मिठो हाँसो बोलको गीतमा आफ्नो दमदार प्रस्तुती दिएका छन् ।
सुवेदीको प्रस्तुति रहेको उक्त गीतमा बलिउडकी प्रख्यात गायिका साधना सरगमले साथ दिएकी छन् । पेशाले पाईलट भएपनि सानैदेखि गायन कलामा रची राख्ने सुबेदीले उक्त गीतमा उत्कृष्ट प्रस्तुती दिएका छन् ।
बचुन्जेलिलाई, मलाई पुगेन पुगेन यो बैसले, पहाडको छुक छुके रेलको गीतका प्रख्यात संगीतकार शिखर सन्तोषले पाईलट सुवेदीको प्रस्तुती निकै राम्रो रहेको उल्लेख गर्दै साङगितक यात्रामा रमाउन आग्रह गरे ।
सुवेदीको संगितमा प्रख्यात रचनाकार बिजय सिवाकोटीले शब्दमा साथ दिएका छन् भने प्रख्यात कार्टून क्रुजका सरोज अधिकारी र आसमकी हिरोईन इशाले अभिनय गरेका छन् ।
उक्त संगितमा नेपाली फिल्मका प्रखात कोरियोग्रफेर रामजी लामिछानेको निर्देशन रहेको छ । प्रसन्न कुवरको सिनेमाटोग्राफी रहेको र शान थापाको पोस्टर डिजाईन रहेको छ । यसलाई म्युजीक नेपालले (भोली) फूलपातीको दिन रिलिज गर्ने भएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij