२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बुटवल हस्पिटल प्रा.लि. दशैंमा पनि खुल्ला

बुधवार , आश्विन २३, २०८१

बुटवल, २३ असोज । बुटवल हस्पिटल प्रा.लि.ले बुटवल, रुपन्देहीले हिन्दू नेपालीहरुको ठुलो पर्व दशैं अवधिभर पनि पनि आफ्ना सबै स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ । चाडपर्वको बेला अधिकांश स्वास्थ्य संस्थाहरु बन्द हुँदा बिरामीहरुलाई मर्का पर्ने भएकोले अस्पतालले आफ्ना सेवाहरु नियमित रुपमा सञ्चालनमा राख्ने जनाएको हो । 

बुटवल हस्पिटल प्रा.लि.ले ईमरजेन्सी, आईसीयू, एचडीयू, जनरल वार्डहरुका साथै अधिकांश ओपिडी सेवाहरु समेत सञ्चालन गर्ने छ । असोज २४ गतेदेखि २८ गतेसम्म दशैं पर्वको अवसरमा सार्वजनिक विदा हुने गर्दछ । जसका कारण अधिकाश स्वास्थ्य सेवाहरु समेत बन्द हुने गर्दछन् । 

चाडपर्वमा बिरामीहरुका लागि स्वास्थ्य संस्थाहरु झन बढी आवश्यक पर्ने देखिएकोले बुटवल हस्पिटल प्रा.लि.ले आफ्ना सबै सेवाहरु सञ्चालन गर्ने अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले जानकारी दिए । उहांले ओपिडीका लागि पालैपालो डाक्टरहरुले सेवा दिए पनि अन्य विभागहरु नियमित रुपमै सञ्चालन हुने बताए ।

बुटवल हस्पिटलले दशैंको बेला शल्यक्रिया (अपरेशन) समेत गर्ने गरी चिकित्सकसहितको कर्मचारी व्यवस्थापन गरेको अस्पतालका अस्पतालका निर्देशक डा. कृष्ण खनालले बताए । दशंै अवधिभर अस्पतालले एमआरआई, सिटीस्क्यान, भिडियो एक्स–रे, ल्याबसहितका सबै सेवा नियमित नै सञ्चालन गर्ने भएको छ । त्यसका लागि सबै वातावारण मिलाइएको अस्पतालले जनाएको छ । 

Butwal Hospital.jpeg