२०८३, आश्विन २१ गते

Oct 07 2026 | २०८३, आश्विन २१ गते

अर्जुन र विश्वासको जोडीलाई लन टेनिसको उपाधि

बुधवार , आश्विन २३, २०८१

  • 991
    Shares
  • 991
    Shares
  • भैरहवा, २३ असोज । विजया दशमीको अवसरमा आयोजना भएको रूपन्देही जिल्लास्तरीय लन टेनिसको उपाधि अर्जुन गुरुङ र विश्वास थापाको जोडीले हात पारेका छन् । बुटवलस्थित लनटेनिस कोर्टमा बुधबार सम्पन्न फाइनलमा गुरुङ र थापाको जोडीले मनोज थापा र विपिन श्रेष्ठको जोडीलाई टाइब्रेकरमा पराजित गर्दै विजया दशमी कप लन टेनिसको उपाधि हात पारेको खेल संयोजक सञ्जय श्रेष्ठले बताए ।

    पहिलो सेटमा ३–६ अंकले पराजित भएका गुरुङ र थापाको जोडी दोश्रो सेटमा लयमा फर्कदै ६–४ अंकले जीत हात पार्दै खेललाई बराबरीमा ल्याउन सफल भएका थिए । १–१ सेटले खेल बराबरी भए पछि उपाधि निर्णयका लागि टाइब्रेकरको मद्दत लिइएकोमा गुरुङ र थापाको जोडीले १०–८ अंकले जीत निकाल्दै उपाधि हात पारेका हुन् । 

    विजेता जोडीले ३० हजार रुपैयाँ तथा उपविजेता जोडीले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगितामा इमरर्जिंङ प्लेयरको उपाधि विश्वास श्रीस र मोस्ट इम्प्रुभ प्लेयर विवेक कुंवर घोषित हुँदै पुरस्कृत भए । 

    विजेता तथा उपविजेताका साथै अन्य खेलाडीलाई प्रमुख अतिथि रूपन्देही टेनिस संघका वरिष्ठ ल्लाहकार अब्दुल अहमद, विशिष्ट अतिथि नेपाली सेनाका कर्णेल मछिन्द्र थापा, संघका उपाध्यक्ष रामु विके, सदस्य अनिल सेन्चुरी, खेल संयोजक सञ्जय श्रेष्ठ लगायतले नगद पुरस्कार, पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा ८ वटा टीमको सहभागीता थियो ।

    2d7fc316-5b73-4c35-afc5-7f0331876f17.jpeg