२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा ढकाल

बुधवार , आश्विन २३, २०८१

भैरहवा, २३ असोज । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा सांसद जमुना ढकाल नियुक्त भएकी छन् । दलका नेता तथा पूर्वमुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बुधबार दलको ढकाललाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

Jamuna-Dhakal-1536x1157.jpg

यसअघि प्रमुख सचेतक रहेका बर्दियाबाट निर्वाचित जन्मजय तिमिल्सिनाले साउन २१ गते राजीनामा दिएपछि रिक्त उक्त पदमा ढकाललाई नियुक्त गरिएको हो । भदौ ३१ गते दल सचेतक निमा गिरीले पनि राजीनामा दिएकी छन् । खाली रहेको सचेतक पदमा पनि दशैलगत्तै अर्को सांसदलाई नियुक्त गरिने दलका नेता चौधरीले बताए । समानुपातिकतर्फ निर्वाचित रुपन्देहीकी ढकाल कांग्रेस कांग्रेस संस्थापन पक्षकी हुन् ।

सरकारमा सहभागी कांग्रेसमा मन्त्री छान्ने विषयमा विवाद भएको तीन महिना पुग्दा पनि मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारले पूर्णता पाउन सकेको छैन ।