२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

तिलोत्तमा–६ मा शुभकामना आदानप्रदान

बिहिवार , आश्विन २४, २०८१

  • 790
    Shares
  • 790
    Shares
  • तिलोत्तमा, २४ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ ले वडादशै, तिहार, छठ, २०८१ तथा नेपाल सम्वत् ११४५ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

    कार्यक्रममा बोल्दै कार्यबाहक वडाअध्यक्ष पूर्णप्रसाद आचार्यले एकता र विजयको सन्देश दिने चाडहरुलाई सबै वर्गले मनाउन मिल्ने गरी मनाउन सबैको सहयोग अपरिहार्य रहेको बताए । उनले सत्यतथ्यको मात्र विश्वास गरी मनभित्रका विकार निकालेर सकारात्मक सोचले एकीकृत भएर अगाडि बढ्न सबैलाई आग्रह समेत गरे । 

    कार्यबाहक अध्यक्ष आचार्यले विकास रफ्तारमा नहुने भन्दै एकपछि दुई, दुईपछि तीन र तीनपछि चार गेयरजस्तै विस्तारै हुने र त्यसको लागि वडाबासीहरुले धैर्य गर्न आग्रह गर्दै विकास निर्माणमा सबैको एकीकृत सोचको विकास हुनुपर्ने बताए ।

    सो अवसरमा बोल्दै कार्यपालिका सदस्य नर बहादुर छन्तेलले सबैको सहयोग र हातेमालोले वडा नम्बर ६ विकासको चरणमा पुगेको जानकारी दिए । उनले वडाको विकासका लागि भौतिक तथा सामाजिक विकास अपरिहार्य भएकोले यसतर्फ सबैको ध्यान पुग्नुपर्ने बताए ।

    सो अवसरमा वडा सदस्य सीता गौतम, गोविन्द रिजाल, गीता गन्धर्व, वडा सचिव कृष्ण बहादुर क्षेत्री, टोल विकासका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रतिनिधि, क्लब, बाल सञ्जाल, आमा समूह, सुरक्षा निकाय तथा सरोकारवालाहरुको उपस्थितिमा शुभकामना आदानप्रदान गरिएको थियो ।

    कार्यक्रममा बोल्दै बक्ताहरुले चाडपर्वहरूमा सबै वडा परिवार एकजुट भएर विकासका काममा बाधा नपुर्याई आफ्नो दक्षता र मौलिकताभित्र रही चाड मनाउनुपर्ने औल्याए । उनीहरुले दशैं, तिहार, छठबाट सबैलाई असत्यमाथि सत्यको जीत र कुमार्गबाट सत्मार्गतर्फ अगाडि बढ्ने प्रेरणा र उर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका थिए । वडा सचिव कृष्ण बहादुर क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।