
शुक्रवार , आश्विन २५, २०८१
भैरहवा, २५ असोज । लियो क्लब अफ सिद्धार्थनगर बोहिमियन्सले वृद्धाश्रममा भोजनदान तथा विजया दशमी, दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
क्लबले बिहीबार रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा उक्त कार्यक्रम गरेको क्लबकी संस्थापक अध्यक्ष सिर्जना कुँवर क्षेत्रीले बताइन् । वृद्धाश्रममा खाना पकाएर वृद्ध आमाबुवालाई खाना खुवाउनुको साथै उहाँहरुको हातबाट टीका ग्रहण गरिएको उनले बताइन् ।
हंगर रिलिफ प्रोग्राम अन्तर्गत आश्रममा आश्रित २२ जना वृद्धवृद्धालाई खाना खुवाइएको कार्यक्रम संयोजक अरुणा जानन्धरले जानकारी दिइन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुँवरले लियो क्लब अफ सिद्धार्थनगर बोहिमियन्स महान चाडपर्वको अवसरमा राम्रो काम गरेको बताए ।
त्यस्तै विशिष्ट अतिथि लियो डिष्ट्रिक ३२५ पी, नेपालकी डिष्ट्रिक प्रेसिडेण्ट श्रद्धा कुंवरले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरिन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij