२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रुपन्देहीमा गरियो ‘शस्त्र पूजा’

आइतवार , आश्विन २७, २०८१

भैरहवा, २७ असोज । रुपन्देहीमा ‘शस्त्र पूजा’ गरिएको छ । शनिबार ओमसतिया गाउँपालिका वडा नम्बर ४ बालापुरस्थित श्री नव दुर्गा मन्दिर परिसरमा शस्त्र पूजा गरिएको विश्व हिन्दू परिषद् नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष गोपाल उपाध्यायले बताए ।  

विश्व हिन्दू परिषद् नेपाल ओमसतिया गाउँपालिकाको आयोजनामा भएको पूजामा सहभागीहरुले घरबाट ल्याएका हातहतियार पूजाआजा गरेका थिए । 

जिल्ला अध्यक्ष उपाध्यायका अनुसार रुपन्देहीमा पहिलोपटक शस्त्र पूजाको सुरुवात भएको बताए । ‘असत्यमाथि सत्यको विजय भएको दिन विजया दशमीको दिन शस्त्र पूजा गरिएको हो । शस्त्र पूजाको कार्यक्रम गर्नुपर्छ भनेर योजना बनाउने एसपी पाण्डे र मोहित द्विवेदीलाई तथा यो कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिन चाहन्छु, ’उनले भने ।

WhatsApp Image 2024-10-12 at 10.05.58 PM (1).jpeg