
मंगलवार , आश्विन २९, २०८१
भैरहवा, २९ असोज । नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रूपन्देहीले पूर्व क्षेत्रीय कोषाध्यक्ष बाबुराम भट्टराईको निधनमा पाल्पाको अर्गलीमा शोकसभा गरको छ । सामाजिक, शैक्षिक तथा राजनैतिक व्यक्तित्व तथा पार्टीका पूर्व क्षेत्रीय कोषाध्यक्ष भट्टराईको ६८ वर्षको उमेरमा पाल्पाको तानसेन नगरपालिका–१४ स्थित अर्गलीमा निधन भएको थियो । उनको निधन भएको नवौं दिनको पुण्यतिथिमा सोमबार कांग्रेस रुपन्देही–३ ले शोकसभा गरेका हो ।
कांग्रेस क्षेत्रीय सभापति एवं युवा नेता सुशील गुरुङको सभापतित्व तथा पार्टीको नेता, पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य वीर बहादुर रानाको आतिथ्यतामा शोकसभा भएको थियो ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताले स्वर्गीय भट्टराईको पाल्पाका साथै रुपन्देहीमा सामाजिक, शैक्षिक क्षेत्रको विकास मात्र नभइ कांग्रेसको संगठन निर्माण, सम्बद्र्धन र विकासमा ठूलो योगदान रहेकाले उनको निधनले समग्र पार्टी पंक्तिलाई ठूलो क्षति पुगेको बताए ।
कार्यक्रममा कांग्रेस पाल्पा जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, जिल्ला उपसभापति झपेन्द्र गैरे, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति मुक्तिराम गिरी, कांग्रेस नेता राजेन्द्र गोपाल श्रेष्ठ, महासमिति सदस्य कृष्ण बस्याल, जिल्ला प्रवक्ता शोभाखर न्यौपाने, रुपन्देही–३ ‘क’ का पूर्व सभापति तथा सिद्धार्थनगर–५ का वडाअध्यक्ष पूरन प्रसाद श्रेष्ठ, प्रदेशका उपसभापति गोविन्द बस्याल, तानसेन नगरपालिकाका सभापति सुवर्णमणि शाक्य, सिद्धार्थनगर नगर सचिव अनिल कुमार के.सी., वडा नम्बर ९ का सभापति श्यामसुन्दर खनाल, १० का सभापति विजयनाथ धवल, ११ का सभापति केदारनाथ कुर्मी, तानसेन नगरपालिका–१ का वडाअध्यक्ष सुनील बस्याल, ६ का वडाअध्यक्ष सागर महर्जन, १४ का सभापति दधिराम न्यौपाने, प्रदेश प्रतिनिधि डिल्लीराज अधिकारी, चतुर्भुज रेग्मी, युवराज पाण्डे, कृष्ण के.सी. लगायतको उपस्थिति रहेको थियो ।
कांग्रेस रुपन्देही–३ का क्षेत्रीय कोषाध्यक्ष कृष्ण खनालको स्वागत तथा क्षेत्रीय सचिव एवं प्रवक्ता लेखनाथ भट्टराईको सञ्चालनमा शोकसभा भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij