
बुधवार , आश्विन ३०, २०८१
रुपन्देही, ३० असोज । ६९ औं प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजना गरिएको प्रहरी दिवस कार्यक्रममा सहभागी भएका मुख्यमन्त्री आचार्यले अमर प्रहरीको स्मृतिमा निर्माण गरिएको शालिकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
उनले मुलुकमा भएको विभिन्न आन्दोलनहरु, द्वन्द्वका क्रममा सहादत प्राप्त गर्नुहुने सबैप्रति श्रद्धाञ्जली, अपांगता भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
प्रहरी संगठनको स्थापना वि.सं. २०१२ असोज ३१ गते भएको थियो । हरेक वर्ष प्रहरी दिवस मनाउने गरिएको छ । स्थापना कालमा ७ हजार ५ सयलाई लिएर नागरिकको जीउधनको शान्ति सुरक्षाको जिम्मेवारीका साथ संगठित यो संस्थाले झण्डै ८० हजार बढी जनशक्ति लिएर अहिले ३ करोड नागरिकको सुरक्षा गर्ने अभिभारा पूरा गरिरहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij