२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

प्रहरी संगठनलाई बदलिदो परिवेश अनुसार बलियो बनाउन रुपान्तरण आवश्यक : मुख्यमन्त्री आचार्य

बुधवार , आश्विन ३०, २०८१

  • 715
    Shares
  • 715
    Shares
  • रुपन्देही, ३० असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरी संगठनलाई थप बलियो बनाउन बदलिदो परिवेश अनुसार रुपान्तरण गर्नुपर्ने आवश्यक रहेको बताएका छन्।
    ६९ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी तालिम केन्द्र बुटवल, रुपन्देहीमा आयोजना गरिएको कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन् ।

    उनले बढ्दो अपराधलाई न्यूनीकरण गर्न समय अनुसार प्रहरी संगठनलाई प्रविधियुक्त बनाउँदै रुपान्तरणको आवश्कता रहेको औंल्याएका हुन् । ‘अपराधहरु बढेर गएका छन् । चुनौतीहरु थपिएका छन् । हाम्रो प्रहरी संगठन बदलिदो परिवेश अनुसार आफूलाई पनि रुपान्तरण गरेर जनहितको रक्षाको निम्ति केन्द्रित गरेर अघि बढ्नुपर्ने छ’मुख्यमन्त्री आचार्यले भने,‘प्रहरीले मुलुकमा शान्ति सुरक्षा कायम गर्न, बढदो अपराधलाई न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको छ । बदलिदो परिवेश अनुसार समाजमा हुने अपराध न्यूनीकरण गर्न आधुनिकीकरण गरेर अघि बढ्न जरुरी छ ।’ 

    अपराध अनुसन्धानको क्षेत्रमा प्रहरीको योगदानका कारण लुम्बिनी प्रदेशको शिर उचो बनेको समेत उनले बताए । ‘लुम्बिनी उत्कृष्ट प्रदेश बन्न सफल भएको छ । प्रदेशको शिर उचो बनाउन यहाँहरुले गरेको योगदानको उच्च करद गर्न चाहन्छु’उनले भने,‘अमर शहिदको योगदान र बलिदानको स्मरण गर्न चाहन्छु । अमर प्रहरीको योगदान र परिवारप्रति गर्नुपर्ने दायित्व राज्यले सधैं निर्वाह गर्नेछ ।’ कार्यक्रममा मुख्यमन्त्री आचार्यले अमर प्रहरीको स्मारकमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।

    त्यस्तै लुम्बिनी प्रदेशका प्रमुख सचिव महादेव पन्थले अपराध अनुसन्धान, शान्ती सुरक्षा कायम गर्न, विपद् व्यवस्थापन लगायतका काममा प्रहरीले सफलता प्राप्त गरेको बताए । अपराधको प्रकृति फेरिदा सूचना प्रविधिको विकासले प्रहरीमाथि चुनौती थपिएको भन्दै अनुसन्धानको कामलाई आधुनिक प्रविधिसँग जोड्न जरुरी रहेको समेत उनले बताए ।
    सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरीलाई सम्मान गरिएको छ । साथै प्रहरी स्थापना दिवसको अवसरमा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगितामा विजय हुनेहरुलाई समेत पुरस्कृत गरिएको थियो । 

    प्रहरी तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरीक्षक हिमालय कुमार श्रेष्ठको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक माधव प्रसाद श्रेष्ठले स्वागत गरेका थिए ।