
सोमवार , फाल्गुण २४, २०७७
भैरहवा, २४ फागुन ।
सिद्धार्थ उद्योग वाणिज्य वाणिज्य संघ रुपन्देहीको ६२ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट निर्वाचित पदाधिकारी, कार्यसमिति सदस्य, वस्तुगत तथा कर्पोेरेट सदस्यहरुलाई सम्मान गरिएको छ । लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपाल एरिया–४ ले सोमबार संघको कार्यसमितिलाई सम्मान गरेको एरिया–४ का कोषाध्यक्ष गौतम कुमार गुप्ताले बताए ।
कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक गभर्नर शम्भु नकर्मीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदैं सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
सिद्धार्थ उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष भिष्म प्रसाद न्यौपानेले सम्मान गर्ने लायन्स क्लब एरिया–४ लाई धन्यवाद दिए ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष कुल प्रसाद न्यौपाने, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका पाष्ट डिष्ट्रिक गभर्नर अरुण प्रताप राणा, एरिया–४ चिफ सन्दिप कसौधन लगायतले बोलेका थिए । लायन्स क्लब अफ सिद्धार्थनगर प्रोफेसनलका अध्यक्ष विष्णु प्रसाद गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij