
सोमवार , फाल्गुण २४, २०७७
भैरहवा, २४ फागुन ।
सितोरियो कराँते डो भैरहवाको आयोजनामा भैरहवास्थित काशी नोबल एकेडेमीमा सोमबारदेखि सितोरियो कराँते सुरु भएको छ । १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सोमबारदेखि सुरु भएको कार्यक्रममा बोल्ने सहभागिहरुले कराँते खेलबाट विद्यार्थीको चौतर्फी विकास हुने हुँदा पढाईसंगै खेलकुदमा जोड दिनुपर्ने बताए ।
विद्यालयका प्रधानध्यापक राजेन्द्र घिमिरेले आफुले यस खेलकुदलाई अगाडी बढाउन साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
रुपन्देही जिल्ला कराँते प्रशिक्षक माधव घिमिरेले खेलाडी भनेको देशका गहना भएको र त्यो गहनालाई संरक्षण गर्ने हामी सबैको दायित्व भएको बताए । भैरहवा क्षेत्रका योग तथा कराँते प्रशिक्षक कमल श्रेष्ठले आफूले विगत २० वर्ष अगाडि देखी कराँते खेलमा पाएको तिता मिठा अनुभवहरु राख्दै आफनो आधा उमेर कराँते खेलप्रति बिताइसकेको अनुभवबारे बताए ।
कार्यक्रममा रुपन्देही जिल्लाभरीका करिब १५ जना प्रशिक्षकसहित खेलाडी गरी ९५ जनाको सहभागिता रहेको थियो ।
प्रत्येक दिन बिहान ६ बजेदेखि ७ बजेसम्म काशी नोबल एकेडेमीमा संचालन हुने कराँते खेलमा सम्पूर्ण अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई सहभागि हुने वातावरण सिर्जना गर्न अभिभावक को ठुलो महत्वपूर्ण भुमिका रहने प्रशिक्षकहरुको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij