२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भैरहवाका अभिषेक बरालले इण्डोनेसियामा जिते रजत पदक

शुक्रवार , कार्तिक २, २०८१

भैरहवा, २ कार्तिक । रुपन्देहीको भैरहवाका अभिषेक बरालले छैठौं कासाद एसियन तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका छन् । बिहीबार इण्डोनेसियाको जकार्तामा प्रतियोगिताको पुरुष ८० केजीमुनीको फाइनल खेलमा बराल आयोजक राष्ट्रका खेलाडीसँग पराजित भएपछि स्वर्ण पदकमा चुकेका थिए ।

फाइनल यात्रा तय गर्न अभिषेकले इण्डोनेसिया, फिलिपिन्स र पाकिस्तानका खेलाडीलाई हराएका थिए । २६ वटा राष्ट्रको सहभागीता रहेको यो जी टु ¥याङकिङ प्रतियोगिता हो । बराल सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८, रविपथ निवासी हुन् । उनी भैरहवा तेक्वान्दो क्लबका उत्पादन हुन् ।

प्रतियोगितामा बरालसँगै नेपालबाट १० जना खेलाडी सहभागी छन् । उनीसँगै ६ खेलाडी क्योरोगी तथा बाँकी ४ खेलाडी पुम्सेमा सहभागी छन् । क्योरोगीमा अभिषेक डल्लाकोटी, सुजब कुमार यादव, भीम बहादुर खड्का, वर्षा थापा र अनिष घिसिङले सहभागी थिए । पुम्सेमा यबन्दिन दाहाल, सरोज तामाङ, कुमार तामाङ र देवराज काम्छाले शुक्रबार प्रतिष्पर्धा गर्नेछन् । नेपाली टोलीको प्रशिक्षकमा बिकेश बिडारी छन् ।