२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भैरहवामा बिपी कोइराला स्मृति कप शुरु

शनिवार , कार्तिक ३, २०८१

भैरहवा, ३ कार्तिक । भैरहवामा अन्तराष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता शुरु भएको छ । नेपाल सहित पाँच देशका प्रथम श्रेणीका खेलाडिहरुको सहभागितामा क्रिकेट प्रतियोगिता सुरु भएको हो । 

नेक्सस क्रिकेट एकेडमीको आयोजनामा भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा बिपी कोइराला स्मृति कप टी-२० क्रिकेट प्रतियोगिताको बिपी कोइराला पुत्र एवं नेपाली काग्रेसका पुर्व महामन्त्री डा. शशांक कोइरालाले उद्घाटन गरे ।  

40275bd5-be4f-4b9b-b647-028c55d60c0f.jpg

शनिबार भएको पहिलो खेलमा भारतीय क्लब लाईफ केयर क्रिकेट क्लबले पाकिस्तानी क्लबलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । 

टस हारेर ब्याटिङ्गको निम्तो पाएको पाकिस्तानको जावेद इन्टरनेशनल स्पोर्ट्स एकेडमीले निर्धारित २० ओभर पनि खेल्न सकेन । १८ दशमलव १ ओभरमा आफ्ना सबै विकेट गुमाउदै पाकिस्तानले ८९ रन मात्र बनाउन सक्यो । उसको लागि सर्वाधिक रन रिसभ जोशीले बनाए । रिसभले ३१ बलको सामना गर्दै ४ छक्का र ३ चौकाको सहयोगमा ४६ रन बनाए । यस्तै पाकिस्तानका अलि हुसेनले २५ रन बनाउदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंक समेत जोड्न सकेनन् । 

बलिङ्ग तर्फ भारतका रोहित डाङ्गवलले ४ ओभरमा १९ रन खर्चिदै पाकिस्तानको ४ महत्वपूणर् विकेट लिए । भारतकै योगेश कुमार र सक्षमले समान ३/३ विकेट लिए। 

९० रनको विजयी लक्ष्य सहित मैदान छिरेको भारतको लाईफ केयर क्रिकेट क्लबले ७ दशमलव ५ ओभरमा १ विकेट गुमाउदै विजयी भयो । आईपिएल खेलि सकेका भारतीय खेलाडी दिपक पुनियाले भारतको लागि ६४ रनको पारी खेले । उनले २५ बलको सामना गर्दै ६ छक्का र ६ वटा नै चौका प्रहार गरे । यस्तै दिपांशु फोरेले अविजित २१ रन र राजेश शर्माले अविजित २ रन बनाए । 

पाकिस्तानको लागि एक मात्र विकेट पाकिस्तानको राष्ट्रिय टोलीमा समेत रहेका ईमरान नाजिरले लिए ।

कार्तिक १० गते सम्म संचालन हुने प्रतियोगितामा दक्षिण एशियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र नेपाल सहित ५ देशका प्रथम श्रेणीका खेलाडीहरुको सहभागितामा हुने आयोजक नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरत कुमार शाहीले बताए ।

प्रतियोगितामा बांग्लादेशबाट गुलाज वरियर्स बांग्लादेश, टाइगर्स इन्टरनेशनल स्पोर्ट्स पाकिस्तान, नेक्सस रुपन्देही ११ रुपन्देही, लाइफ केयर क्रीकेट क्लब भारत, श्रीलंका स्टेट सर्विसेज क्रीकेट एसोसिएसनको टीम सहभागीता रहेको छ । 

बिजयी टिमलाई रु ५ लाख र उप बिजेता टिमलाई रु ३ लाख पुरस्कार रहेको छ । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाइ ३५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरलाइ जनही २० हजार तथा प्रत्येक खेलमा म्यान अफ द म्याचलाइ ५ हजार प्रदान गरिनेछ ।

946f2515-d51e-45f9-9c74-1369de529d23.jpg