२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

कांग्रेस–कम्युनिष्टका कारण मुलुक गम्भीर अवस्थामा : उपेन्द्र यादव

आइतवार , कार्तिक ४, २०८१

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • जलेश्वर, ४ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–कम्युनिष्टका कारण मुलुक गम्भीर अवस्थामा पुगेको बताएका छन् । जसपा नेपाल महोत्तरीद्वारा आयोजित ’जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण’ सम्बन्धी अनुगमन तथा समीक्षा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

    कांग्रेस–कम्युनिष्टले ३५ वर्ष गरेको शासनको उपलब्धी कुशासन, भ्रष्टाचार,  विदेशी ऋण थोपार्नु मात्र रहेको दावी गर्दै अध्यक्ष यादवले उनीहरुविरुद्ध सडक र सदन दुवै मोर्चाबाट संघर्ष गर्नुपर्ने बताए ।

    photo.jpg

    जिल्ला अध्यक्ष राम प्रकाश यादवको अध्यक्षतामा बसेको विस्तारित बैठकमा पार्टीका महासचिव रामकुमार शर्मा, कोषाध्यक्ष सुरिता साह, कार्यकारिणी सदस्य हरिनारायण यादव, डा. सुरेन्द्र यादव, केन्द्रीय सदस्य दीपक झा गुड्डु, मधेश प्रदेश समिति अध्यक्ष बालकिशोर यादवसहितका वक्ताहरुले पार्टीद्वारा जारी ४ महिने आधारभूत संगठन निर्माण अभियानको सन्दर्भमा जारी गतिविधिहरु बारे आ–आफ्ना धारणा राखेका थिए ।