
मंगलवार , कार्तिक ६, २०८१
काठमाडौं, ६ कार्तिक । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समितिका सभापति र दलका प्रमुख सचेतकहरु संग छलफल गरेका छन् ।
सिंहदरवारमा मंगलबार बसेको संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकसँगको छलफलमा सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकलाई आगामी अधिवेशनमा पेस गर्न निर्देशन दिए । छलफलपछि पत्रकाहरुसंग कुरा गर्दे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले कुन समितिमा कति विधेयक छन् ? त्यसलाई पास गर्न कति समय लाग्छ भनेर सभामुखले चासो देखाएकोे जानकारी दिए ।
त्यसतै एमालेका मुख्य सचेतक महेश बर्तौलाले ४० वटा विधेयकमा १७ वटा पारित भएको र बाँकि विधेयकलाई छिटो टुंगो लगाउने विषयमा सभामुखको ध्यानकर्षण गराएको बताए । सभामुखले विशेषगरी संसदीय समितिको बैठक राख्नका लागि निर्देशन दिएको पनि उनले जानकारी गराए ।
त्यसतै नेकपा माओबादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले विधेयकहरुलाई ब्यबस्थित गरेर कसरी अगाडि बढाउने । संसदलाई प्रभावकारी कसरी बनाउने भन्ने विषयमा सभामुख घिमिरेलाई सुझाव दिएको बताए । पाण्डेले समितिमा अडकिएका विधेयकहरुको जवाफदेहिता अब समितिहरुले लिनुपर्ने बताए ।
आज भएको छलफलमा ५ समितिका सभापति र चार दलहरुका मुख्य सचेतक, उपसभामुख तथा कानुनमन्त्रीको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij