
बुधवार , कार्तिक ७, २०८१
भैरहवा, ७ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सैनामैना नगर कमिटी, रुपन्देहीको दोस्रो अधिवेशन कार्तिक ७ गते बुधबार (आज) हुँदैछ । नगर अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको नगर अध्यक्ष चेतनारायण न्यौपाने (नारायण) ले जानकारी दिए ।
अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेेछ । एमालेको नगर कमिटी ७५ सदस्यीय रहने विधानमा व्यवस्था छ । जसमा एक अध्यक्ष, उपाध्यक्ष, सचिव र दुईजना उपसचिवसहित अन्य सदस्यहरु रहनेछन् । कमिटीमा ३३ प्रतिशत महिला, २० प्रतिशत युवा र बाँकी अन्य सदस्यको सहभागीता हुनेछ ।
अधिवेशनको पार्टी केन्द्रीय सचिव, लुम्बिनी प्रदेश इञ्चार्ज तथा पूर्वमन्त्री पद्मा अर्यालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नगर अधिवेशन सम्पन्न गर्न वडा नम्बर १ देखि ११ का २५१ जना प्रतिनिधि छनौट भएका छन् । कार्यक्रम सैनामैना–८ रामापुरको सत्चिन्तनमा हुनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij