२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

कांग्रेस सिद्धार्थनगरले क्रियाशिल भेला गर्दै

बुधवार , कार्तिक ७, २०८१

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, ७ कार्तिक । नेपाली कांग्रेस सिद्धार्थनगर समिति, रुपन्देहीले क्रियाशिल भेला एवं शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । यही कार्तिक १० गते शनिबार हुने नगर भेलाको पूर्व गृहमन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले उद्घाटन गर्नुहुने पार्टीको नगर सभापति कोशिष बहादुर खड्काले जानकारी दिए ।

    भैरहवामा हुने भेलामा नगरमा रहेका १ हजार ६ सय बढी क्रियाशिल सदस्य, भातृ एवं शुभेच्छुक संस्था, वडा सभापति, शुभेच्छुक तथा कांग्रेसप्रति आस्थावान सबैलाई सहभागी गराउने तयारी भइरहेको उनले बताए । 

    भेलामा पूर्व नगर सभापतिहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको कांग्रेस सिद्धार्थनगरले जनाएको छ । विजया दशमी, दीपावली, छठ पर्व र नेपाल सम्वतको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको हो । 

    कार्यक्रमको तयारीका लागि बुधबार भेलास्थल गल्लामण्डीस्थित दरबार बैंक्वेटमा बसेको नगर समितिको बैठकले सम्मेलन एवं शुभकामना आदानप्रदान कार्यक्रमलाई भव्य रुपमा सफल पार्ने निर्णय गरेको कार्यक्रम संयोजक एवं कांग्रेस नगर उपसभापति देवराज न्यौपानेले बताए । कार्यक्रममा सक्रिय सहभागीताका लागि सबै कांग्रेसजन एवं शुभेच्छुकहरुलाई आग्रह गरिएको उनले बताए ।