
बिहिवार , कार्तिक ८, २०८१
काठमाडौं, ८ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपाल जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियानअन्तर्गत विभिन्न सांगठनिक गतिविधिहरुमा केन्द्रित छ । केन्द्रीय समितिको बैठकबाट अभियन्ताको रुपमा खटाइएका पार्टीका केन्द्रीय नेताहरुले आफ्नो जिम्मेवारीमा परेका पालिका समिति गठन, पुनर्गठन गर्ने कार्यलाई तीव्रता दिएका छन् ।
पार्टीका अधिकांश केन्द्रीय नेताहरु अभियानका लागि कार्यक्षेत्रमा खटिएको जसपा नेपालले जनाएको छ ।
जिल्ला तथा पालिका विस्तारित बैठक आयोजना गरिनुका साथै अनुगमन तथा समीक्षा बैठकसमेत आयोजना भइरहेका छन् । पार्टीको केन्द्रीय समितिले सञ्चालन गरेको यस अभियानले पार्टीको सदस्य संख्या पाँचलाख पुर्याउने लक्ष्य राखेको छ । यो अभियान मंसिर मसान्तसम्म चल्नेछ ।
यसैबीच पर्सा, रौतहट, तनहुँलगायतका जिल्लाहरुमा विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij