२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बिहिवार , कार्तिक ८, २०८१

  • 940
    Shares
  • 940
    Shares
  • बुटवल, ८ कार्तिक । लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले शपथ ग्रहण गरेका छन् । बिहीवार बिहान तीनजना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ ग्रहण गरेका हुन् ।
    बर्दियाका जन्मजय तिमिल्सीनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानून मन्त्रीको शपथ लिएका छन् । शपथ लिएका मध्य तिमिल्सीना र कलवार नेपाली कांग्रेस र अग्रवाल अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का हुन् ।

    लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित एमालेका पाँच, कांग्रेसका पाँच र जसपाका एकजना गरी मन्त्रीको संख्या ११ पुगेको छ । प्रदेशमा १२ मन्त्रालय छन । युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ । यो मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री स्वयंले सम्हालेका छन् ।  

    मुख्यमन्त्री चेतनारायण आचार्यले बुधवार प्रदेश मन्त्रिपरिषद् पुर्नगठनको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए । सोही आधारमा नवनियुक्त मन्त्रीको शपथ गरिएको हो । 

    नेपाली कांग्रेस र नेकपा (एमाले) का ५६ प्रदेशसभा सदस्यको समर्थनमा लुम्बिनीमा सरकार बनेको थियो । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सत्ता साझेदार दल नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्ती लगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति थियो ।

    WhatsApp Image 2024-10-24 at 8.55.21 AM.jpeg