२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रवि लामिछाने पक्राउविरुद्ध पोखरामा विरोध जारी

बिहिवार , कार्तिक ८, २०८१

पोखरा, ८ कार्तिक ।सहकारी रकम हिनामिना प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरामा विरोध जारी राखेको छ ।

बिहीबार पोखराका बिभिन्न स्थानमा रास्वपाका नेता तथा कार्यकर्ताले धर्ना र विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले निर्दोष रवि फसाउने, सक्दै सक्दैनौ, सहकारी बचतकर्ताको रकम फिर्ता गर, भ्याट छल्नेहरुलाई कारवाही गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

यसैबीच रास्वपाले शुक्रबारदेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्ने भएको छ । पोखरामा जनस्तरबाट सोचेजस्तो समर्थन नदेखिएपछि रास्वपाले काठमाडौंमा प्रदर्शन गर्ने जनाएको हो ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गत शुक्रबार प्रहरीले लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेको थियो । रास्वपाले भने राजनीतिक पूर्वाग्रहका आधारमा लामिछानेलाई पक्राउ गरेको आरोप लगाउदै आएको छ ।