२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

वर्तमान सरकार परिर्वतनबारे सोच्न सकिदैन : डा.शेखर कोइराला

बिहिवार , कार्तिक ८, २०८१

विराटनगर, ८ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले वर्तमान सरकार परिर्वतनबारे सोच्न नसकिने बताएका छन् । बिहीवार विराटनगरस्थित कोइराला निवासमा आयोजना गरिएको पत्रकार भेटघाटमा बोल्दै वरिष्ठ नेता डा.कोइरालाले करिब दुईतिहाई भएको सरकार अन्य काममा भन्दा सहमति अनुसार संविधान संशोधन र आर्थिक सुधारमा ध्यान दिनुपर्ने समेत बताए । 

उनले वर्तमान सरकार नेपाली कांग्रेस र एमालेबीचको सहमतिमा बनेकोले धेरै जनताले आशा र भरोसा गरेको कारण सरकारको कामलाई अझ तीव्रता दिनुपर्ने उल्लेख गरे ।
जनताले आशा र अपेक्षा गरेअनुसार यो सरकारले एक सय दिन केही राम्रा काम गरेको भए पनि पर्याप्त काम नगरेको उनले बताए । कोइरालाले न्यायपालिकाले गरेको निर्णयलाई स्वीकार्नुको विकल्प नभएको भन्दै न्यायलयलाई दबाब दिने गरी गरिने भिडतन्त्रको लोकतन्त्रमा कुनै औचित्य नभएको धारणा राखे । उनले सहकारी प्रकरणमा फौजदारी अभियोगमा दोषी देखिएका सबैलाई कारवाहीको दायरामा ल्याउन सरकार क्रियाशिल रहेको जिकिर गरे । 

उनले आफूलाई पाटीभित्र विभेद गर्ने कार्यबारे संवेदनशील रहेको र यसबारे पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गर्ने बताए । प्रदेश सरकार विस्तारबारे आफूसँग छलफल नगरिएको उनको गुनासो छ ।