२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

बिहिवार , कार्तिक ८, २०८१

पोखरा, ८ कात्तिक । सहकारीको पैसा ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानलाई अनुसन्धान गर्नका लागि थप ७ दिन म्याद थपिएको छ । 

जिल्ला अदालत, कास्कीका ६ नम्बर न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासले रविसहित छविलाल जोशी र लिला पछाई‌ंलाई पनि थप ७ दिन म्याद थप्न अनुमति दिएको हो ।
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम ठगी गरेको प्रकरणमा लामिछाने कात्तिक २ गते शुक्रबार पक्राउ परेका थिए ।  

जिल्ला प्रहरी कार्यालय कास्कीमा सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया मार्फत अपचलन गरेको भन्दै गोर्खा मिडिया प्रालिका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक छविलाल जोशी सहित १८ व्यक्ति र संस्था विरुद्ध किटानी जाहेरी परेको थियो ।