२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एमाले सैनामैनाको अध्यक्षमा चेतनारायण न्यौपाने निर्वाचित

शुक्रवार , कार्तिक ९, २०८१

रुपन्देही, ९ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सैनामैना नगर कमिटी, रुपन्देहीको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा चेतनारायण न्यौपाने (नारायण) निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा कल्पना कुँवर, सचिवमा चाम बहादुर क्षेत्री तथा उपसचिवमा मन्जु ज्ञवाली र नारायण थापा निर्वाचित भएका छन् । अधिवेशनबाट ५१ सदस्यीय कमिटी चयन गरेको हो । 

अध्यक्षमा निर्वाचित नारायण न्यौपानेले १५५ मत प्राप्त गरेका छन् । त्यस्तै अध्यक्ष पदका अर्का उम्मेदवार जिवनाथ पाण्डेले ८१ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा निर्वाचित कल्पना कुँवरले १३३ मत प्राप्त गरेकी छन् । उपाध्यक्ष पदका अर्का उम्मेदवार लेखनाथ खनालले ६८ र तिर्थ प्रसाद भुसालले २४ मत प्राप्त गरेका छन् । 

त्यस्तै सचिवमा निर्वाचित चाम बहादुर क्षेत्रीले १३७ मत प्राप्त गरेका छन् । सचिवका अर्का उम्मेदवार भिम खड्काले ८८ मत प्राप्त गरेका छन् । 

त्यसै गरी उपसचिवमा निर्वाचित मन्जु ज्ञवालीले १५४ र नारायण प्रसाद थापाले १४९ मत प्राप्त गरेका छन् । उपसचिवकी उम्मेदवार कमला चौधरीले ९७ मत प्राप्त गरेका छन् । 

462541109_8441394735951677_5218018392075949789_n.jpg

अधिवेशनबाट आगामी तीन वर्षे कार्यकालका लागि ५१ सदस्यीय नगर कमिटी चयन गरेको हो । 

२५१ कुल मतमध्ये २४० मत खसेको थियो । १ मत बदर भएको थियो ।

अधिवेशनको बुधबार एमाले केन्द्रीय सचिव, लुम्बिनी प्रदेश इञ्चार्ज तथा पूर्वमन्त्री पद्मा अर्यालले उद्घाटन गरेकी थिइन् ।

रुपन्देहीका पालिकाहरुमा एमालेको अधिवेशन भइरहेको छ । यही कार्तिक १२ गते सोमबार एमाले सिद्धार्थनगरको दोस्रो अधिवेशन हुँदैछ ।