
शुक्रवार , कार्तिक ९, २०८१
भैरहवा, ९ कार्तिक । गृह मन्त्रालयले एकैपटक १७ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको सरुवा गरेको छ । मन्त्रालयले प्रमुख जिल्ला अधिकारी, सहसचिव तथा उपसचिवस्तरका कर्मचारीहरुको हेरफेर गरेको हो ।
त्यस्तै विभिन्न जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयहरुमा कार्यरत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा समेत भएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा गरिएको छ । गृहमा रहेका बासुदेव घिमिरे रुपन्देहीको प्रमुख जिल्ला अधिकारी भएका छन् ।
त्यस्तै पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा पठाइएको छ । उनले प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी पाएका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुर र भक्तपुरका प्रमुख पनि फेरिएका छन् ।
ललितपुरमा रमेश ढकाल आएका छन् भने ललितपुरका सिडिओ रहेका तुलसीबहादुर श्रेष्ठको गृहमा सरूवा भएको छ ।
त्यस्तै भक्तपुरमा रहेक रोशनीकुमारी श्रेष्ठलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल भएका छन् । उनी यसअघि डोटीमा थिए ।
त्यसै गरी लालबाबु कवारीलाई महोत्तरीको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं उपसचिव रामचन्द्र अर्याललाई ईलाका प्रशासन कार्यालय बुटवल, रुपन्देहीमा सरुवा गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij