२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पत्रकार कुईंकेल राष्ट्रिय मानव अधिकार रक्षक पुरस्कारबाट सम्मानित

शनिवार , कार्तिक १०, २०८१

भैरहवा, १० कार्तिक । राष्ट्रिय मानवअधिकार रक्षक पुरस्कारबाट पत्रकार राजन कुईंकेल सम्मानित भएका छन् । लुम्बिनी वर्ल्ड पिस फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पत्रकार कुईंकेललाई पुरस्कृत गरिएको हो ।

युवाका लागि दिगो शान्ति र सामाजिक उधमशीलता सम्बन्धी राष्ट्रिय सम्मेलन तथा राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा संघीय संसद, प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले पुरस्कृत गरेका हुन् । 

एम्नेष्टी इन्टरनेसनल नेपालका पूर्वअध्यक्ष तथा मानव अधिकारवादी कुईंकेललाई पत्रकारिताका माध्यमबाट मानव अधिकार प्रवर्द्धनमा उल्लेख्य योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो ।

विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका व्यक्तिलाई पुरस्कृत गरिएको उक्त कार्यक्रममा युवा अभियन्ता एवं नेपाल युवा परिषद्का अध्यक्ष सरोज बानियाँ र नेपाल युवा संस्था सन्जाल (आयोन) का अध्यक्ष सुजता बराल पनि पुरस्कृत भएका छन् ।

कार्यक्रममा लुम्बिनी वर्ल्ड पिस फोरमका अध्यक्ष बासु गौतमले समाज, देश र विश्वस्तरमा देखिएका जल्दाबल्दा समस्या समाधानमा युवा संलग्नता र हस्तक्षेप जरूरी रहेको धारणा राखे ।

WhatsApp Image 2024-10-26 at 7.41.53 AM.jpeg