
शनिवार , कार्तिक १०, २०८१
भैरहवा, १० कार्तिक । २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ र १३ मा वडाअध्यक्ष पदको उम्मेदवारहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
वडा नम्बर २ मा वडाअध्यक्षको उम्मेदवार बनेका सुनिल कुमार पुन र १३ मा उम्मेदवार बनेका नितेश जालन्धर कांग्रेसमा प्रवेश गरेका हुन् ।
पुन ७ मतले पराजित भएका थिए । जालन्धरले चौथो स्थान प्राप्त गरेका थिए । २०७४ सालमा नेकपा (माओवादी केन्द्र) बाट वडाअध्यक्षको उम्मेदवार बनेका पुन झिनो मतले पराजित भएका थिए ।
कांग्रेस नगर समिति सिद्धार्थनगर, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको नगर क्रियाशील भेला तथा दशैं, तिहार, छठ, नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणले पार्टीमा स्वागत गरेका हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij