२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सरुवा भएका रुपन्देहीका सिडिओलाई एलएसडीटीले दियो शुभकामना

शनिवार , कार्तिक १०, २०८१

भैरहवा, १० कार्तिक । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (तालिम) का सदस्यहरुलाई प्रशिक्षण दिएका छन् । एलएसडीटीका सदस्यहरुले उनलाई नयाँ कार्यक्षेत्र (जिल्ला) पर्सामा पनि सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

एलएसडीटीको तर्फबाट विभिन्न सम्झनाको चिन्ह प्रदान गर्दै शुभकामना व्यक्त गरिएको कार्यक्रम संयोजक अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी नितु थापाले जानकारी गराइन् । एलएसडीटी बाल मञ्चका अध्यक्ष बालक प्रवल पन्त र एलएसडीटीका संस्थापक हरिश सेठियाले पनि उपहारसहित शुभकामना दिएका थिए ।

भैरहवास्थित एसियन बुद्ध होटलमा आयोजित एक कार्यक्रममा अतिथि वक्ता समेत रहेका सिडिओ अर्यालले एलएसडीटीका विद्यार्थीहरुलाई प्रशिक्षित गर्दै भने,‘लिडरले सत्य बोल्ने सामर्थ्य राख्नुपर्छ । सत्य बोल्दा कहिल्यै कसैसँग झुक्नुपर्दैन ।’   

प्रशिक्षणका क्रममा उनले थपे–‘लिडरले नयाँनयाँ परम्पराको थालनी पनि गर्न सक्नुपर्छ । उनले सुनाए, ‘प्रमुख जिल्ला अधिकारी सरुवा हुँदा नयाँ सिडिओलाई कुर्ची खाली गर्नुपर्ने प्रचलन रहेछ । मैले नयाँलाई कुर्चीमा राखेर स्वागत गर्ने भएको छु ।’ 

WhatsApp Image 2024-10-26 at 7.03.46 PM.jpeg

सिडिओको विचारले प्रभावित भएका एलएसडीटीका संस्थापक सदस्य सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका उपाध्यक्ष दिलिप कान्दुले भने, ‘सिडिओ अर्याल नौलो नौलो कार्य गर्न क्षमता भएका लिडर हुनुहुन्छ ।’ कान्दुले सिडिओले एलएसडीटिको कार्यक्रमलाई महत्व दिएर अति व्यस्तताका बाबजुद पनि उपस्थित भएकोमा धन्यवाद समेत दिए ।

एलएसडीटीको १३५ औ श्रृंखलाका प्रमुख अतिथि नेपालकी पहिलो बीमा अधिकृत मिठू सिंहले एलएसडीटिको कार्यको प्रंशसा गरिन् । उनले भनिन्, ‘यसले हामी जस्ता ज्येष्ठ नागरिकलाई जीवन जिउन उत्साह थपेको छ ।’

तालिम कार्यक्रमकी अध्यक्ष सृजनशील मंच नेपालकी अध्यक्ष अनिता थापाले प्रमुख अतिथि साथै अतिथि वक्ता लगायत सम्पूर्णलाइ धन्यवाद व्यक्त गरेकी थिइन् ।

WhatsApp Image 2024-10-26 at 7.03.44 PM.jpeg

एलएसडीटीका संस्थापक सदस्य तथा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका सचिव मंगल भण्डारी, एलएसडीटी व्यवस्थापन सदस्य एवं व्यवसायी मदन पौडेल, चेम्बर अफ कमर्स रुपन्देहीका कार्यसमिति सदस्य कृष्ण मरासिनी, कृष्ण पन्थी, महिला उद्यमी विमला बेलबासे, एलएसडीटि युथकी सम्पदा गौतम, राजेश पाण्डे, ब्रह्माकुमारी अनिशा पौडेल लगायतले शुभकामना व्यक्त गरेको कार्यक्रम सञ्चालक बैंकर्स मनिष तामाङले जानकारी गराए ।

कार्यक्रममा दिपावलीको अवसरमा दिदीबहिनी दाजुभाई मिलन कार्यक्रम राखिएको थियो । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर शुभकामना दिएको व्यवस्थापन सदस्य अनुपम गुप्ताले बताए ।