
सोमवार , फाल्गुण २४, २०७७
बुटवल, २४ फागुन ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपाल अन्तर्गत एरिया ४ को आयोजना र लायन्स क्लव अफ बुटवल लालीगुराँसको संयोजनमा एक दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।
१ सय ११ औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर बुटवलमा सोमबार आयोजना भएको कार्यक्रममा टा«न्सपरेन्सी इन्टरनेशनलका केन्द्रीय अध्यक्ष पद्मीनी प्रधाङ्गले भष्ट्राचार र महिला सम्बन्धी जानकारी दिदै महिलाहरुको वर्तमान समयमा मात्र नभएर हिजोका दिनमा पनि उत्तिकै महत्वपूर्ण जिम्मेवारी रहेको बताइन् ।
कार्यक्रममा कोरोना महामारीको बेला महिलाको मानसिक समस्याका बारेमा मानसिक रोग विशेषज्ञ डा। विक्रम काफ्लेले जानकारी दिएका थिए । त्यसै गरी आइपिडिजी डिष्ट्रिक ३२५ ए २ नेपालका शोभा जोशीले महिलाको नेतृत्व विकासका बारेमा जानकारी दिइन् । महिलाहरु हरेक क्षेत्रमा सफल हुन सक्छन् भन्ने सन्देश दिनका लागि कार्यक्रमको आयोजना गरिएको लायन्स लालीगुराँसकी पूर्व अध्यक्ष रोशनी ब्रजाचार्यले बताइन् ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका गभर्नर शम्भु नकर्मी, पूर्व गभर्नर महेन्द्र नारायण श्रेष्ठ, डिष्ट्रिक कोडिनेटर सुनिता बजिमय श्रेष्ठ, एरिया चिफ सन्दिप कसौधन, लायन्स क्लब अफ बुटवल लालीगुराँसकी अध्यक्ष मिना राजभण्डारी भारी, पार्वती ज्ञवाली, सम्झना चौधरी, मिना पन्थी, डा शान्ति शर्मा, सृष्टि गुरुङ्ग, शान्ति पाठक पाण्डे, जमुना पाण्डे लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij