
आइतवार , कार्तिक ११, २०८१
भैरहवा, ११ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देहीको देवदहमा वृहत जनसभा गर्ने भएको छ । राप्रपा देवदह नगर कार्यसमिति, रुपन्देहीको आयोजनामा उक्त जनसभा हुने भएको हो । यही कार्तिक १४ गते देवदह नगरपालिका–११ स्थित सहदौनिया बजारमा दिउँसो १ः३० बजेदेखि जनसभा सुरु हुने राप्रपा देवदहका अध्यक्ष माधव रिमालले बताए ।
कार्यक्रममा राप्रपाका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने पार्टीका केन्द्रीय सदस्य तोयानाथ लम्सालले जानकारी दिए ।
कार्यक्रममा अध्यक्ष लिङ्देनसहित पार्टीका सहायक महामन्त्री ताहिर अली, केन्द्रीय सदस्य तोयानाथ लम्साल, स्वाती थापा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदय, राप्रपा लुम्बिनी प्रदेश संसदीय दलका नेता आशिष चौधरी, रुपन्देही जिल्ला अध्यक्ष तथा पूर्व मेयर सागर प्रताप राणा लगायतले सम्बोधन गर्ने राप्रपाले जनाएको छ ।
कार्यक्रममा पार्टीको जिल्ला, क्षेत्र, नगर तथा वडास्तरीय नेता कार्यकर्ता एवं जनप्रतिनिधिहरुको सहभागीता रहने आयोजकले जनाएका छन् । जनसभामा उपस्थितिका लागि राप्रपा देवदहले सबैलाई आग्रह गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij