२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्नलाई कारवाही हुनुपर्छ : बरिष्ठ उपाध्यक्ष पोखरेल

आइतवार , कार्तिक ११, २०८१

काठमाडौं, ११ कार्तिक । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जोकोहीलाई कानुन र विधिसम्मत ढंगले कारवाही हुनुपर्ने बताएका  छन । 

एमाले ३१ नंवर वडा कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पोखरेलले अनियमितता गर्ने जोकोहीलाई छुट नहुने र कारवाही गनुपर्छ भन्नेमा एमाले दृढ रहेको बताए  ।

उनले केहि कमजोरीलाई लिएर सामाजिक सद्भाव फैलाउने कोशिष भइरहेको भन्दै देशमा अराजकता फैलाउने र सद्भाव खलबलाउने छुट कसैलाई नभएको धारणा राखे । सहकारी प्रकरणमा संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्दा भेदभाव भएको आरोप लगाउने गरेको उल्लेख गर्दै पोखरेलले कांग्रेस र एमालेका नेताहरुमाथि पनि प्रश्न उठे अनुसन्धानको दायरामा आउने स्पष्ट पारे। 

आगामी निर्वाचनमा कांग्रेस र एमालेबीच प्रतिष्पर्धा हुने भएपनि मुलुकमा संकट परेका बेला ठूला दलहरु एक हुनुपरेको उनले बताए । पोखरेलले अराजक भीडले समाजलाई नियन्त्रण गर्न खोजे स्वीकार्य हुन नसक्ने उल्लेख गरे । पोखरेलले चाडपर्वहरू सामाजिक सद्भावका आधार रहेको उल्लेख गर्दै यस्ता चाडपर्वले सामाजिक सद्भाव र एकतालाई मजवुद बनाउने जिकिर गरे ।