
आइतवार , कार्तिक ११, २०८१
काठमाडौं, ११ कार्तिक ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेको बताएका छन ।
आइतबार काठमाडौंमा गैह्रआवासीय नेपाल सङ्घ (एआरएन) द्वारा आयोजीत गैह्रआवासीय नेपाली दिवस र वार्षिक साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूहरुले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेकाले ‘हतियार बिसाएका मात्रै हौँ’ भनेर कुनै धम्की नदिन प्रचण्डलाई सुझाव समेत दिए ।
शनिबार काठमाडौंमा आयोजित खवरदारी सभामा प्रचण्डले हतियार मात्रै बिसाएको र चलाउन भने नबिर्सिएको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको जवाफ दिदै प्रधानमन्त्री ओलीले माओवादीले अझै धम्क्याएको भरमा खाने गरेको आरोप लगाए ।
त्यस्तै प्रधानमन्त्री ओलीले बितेका केहि बर्षहरुमा संघको छवि कमजोर हुँदै गएको भन्दै संघलाई गैर आवासीयहरुको साझा संस्था बनाउन सरकारको तर्फबाट पूर्ण सहयोग हुने जिकिर गरे ।संघलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न उनले आग्रह गरे । उनले सरकारको तर्फबाट सङ्घलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्ररुपमा काम गर्न समेत सुझाव दिनुभयो ।
उहाले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले एनआरएनलाई पहिचान र आवश्यक सुविधान दिन सरकारले कञ्जुस्याईँ नगर्ने पनि स्पष्ट गरे।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij