२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एमाले सिद्धार्थनगरको दोस्रो नगर अधिवेशनको तयारी पूरा

आइतवार , कार्तिक ११, २०८१

भैरहवा, १२ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीको दोस्रो नगर अधिवेशनको तयारी पूरा भएको छ । एमाले सिद्धार्थनगरको यही कार्तिक १२ गते सोमबार (भोली) भैरहवामा दोस्रो अधिवेशन हुँदैछ । नगर अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले गर्ने एमाले सिद्धार्थनगरले जनाएको छ ।अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले सिद्धार्थनगर नगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाले बताए ।

अध्यक्ष थापाका अनुसार अधिवेशन सफल पार्नका लागि ६ वटा समितिहरु गठन भएको छ । राजनीतिक सांगठनिक आर्थिक प्रतिवेदन लेखन कमिटीमा नगर अध्यक्ष चक्र बहादुर थापाको संयोजकत्वमा ५ सदस्यीय कमिटी गठन भएको छ ।  

त्यस्तै नगर उपाध्यक्ष अर्जुन कुमार गिरीको संयोजकत्वमा आर्थिक समिति, उपसचिव कुमार गुरुङको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, प्रेस चौतारी नेपालका लुम्बिनी प्रदेश सदस्य शशि पन्थीको संयोजकत्वमा प्रचारप्रसार समिति, नगर उपसचिव माया कंडेलको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति र नर्जुन गुरुङको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन समिति गठन भएको नगर अध्यक्ष थापाले जानकारी दिए । 

प्रतिनिधि व्यवस्थापन समिति संयोजक माया कंडेलले नगर अधिवेशनका लागि १ सय ७० जना प्रतिनिधि चयन भएको बताइन । आयोजक नगर कमिटी ६५ जना र वडाबाट चुनिएका प्रतिनिधि १ सय ५ जना प्रतिनिधि गरी १ सय ७० जना प्रतिनिधि नगर अधिवेशनको दोस्रो सत्रमा भाग लिने उनले बताइन् । 

अधिवेशनमा १० जना पार्टी सदस्य बराबर १ जना, ३ जना प्रतिनिधि बराबर १ जना महिला प्रतिनिधि अनिवार्य चयन भएको एमाले नगर उपाध्यक्ष अर्जुन कुमार गिरीले जानकारी दिए ।