आइतवार , कार्तिक ११, २०८१
भैरहवा, ११ कार्तिक । ‘न जात न धर्म जता सही उतै म’ ! भन्ने मूल नाराका साथ सामाजिक काममा सबै युवालाई एकसाथ अघि बढाउने उद्देश्यले स्थापना भएको भैरव शिष्य संस्थाले रक्तदान कार्यक्रम गरेको छ । संस्थाले शनिबार भैरहवास्थित भीम अस्पताल परिसरमा उक्त कार्यक्रम गरेको हो ।
संस्थाका संस्थापक अध्यक्ष अबजेश कहारको अध्यक्षता, नेपाल नियमित रक्तदाता संघका केन्द्रीय अध्यक्ष दया बहादुर सिलवालको प्रमुख आतिथ्यता, भीम अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्माको विशिष्ट आतिथ्यता, समाजसेवी एवं नेपाल सिएमए संघ रुपन्देहीका अध्यक्ष शशिकान्त उपाध्याय, नेपाल प्रहरीका सुशील कंडेलको आतिथ्यता, रुपन्देही युवा समूहका अध्यक्ष विशाल गुप्ताको स्वागत तथा भैरव शिष्य संस्थाका सल्लाहकार एवं कार्यक्रम संयोजक लक्ष्मण पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij