२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

सुत्केरी महिलालाई मसला तथा बच्चालाई डाइपर वितरण 

सोमवार , फाल्गुण २४, २०७७

भैरहवा, २४ फागुन । 
१११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपले भीम अस्पतालमा सुत्केरी महिलालाई मसला तथा बच्चालाई डाइपर वितरण गरेको छ । क्लबले १५ जना सुत्केरी महिला तथा बच्चाहरुलाई मसला र डाइपर वितरण गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भीम अस्पतालकी मेडिकल सुपेरीटेण्डेण्ट डा. शकुन्तला गुप्ताले महिला दिवसमा मात्रै नभएर सदैव क्रियाशिल भइ सामाजिक कार्यक्रममा र नेतृत्व विकासमा सक्रिय हुनुपर्ने बताइन् । 

क्लबकी कार्यबाहक अध्यक्ष माया सारु मगरको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपालका स्ट्राटिजिक चिफ पीएमजेएफ धर्मराज श्रेष्ठ, जोन चेयरपर्सन अनिता थापा लगायतले बोलेका थिए । 

क्लबकी सह–सचिव पवित्रा पछाईको संयोजन, क्लबका टेलट्वीस्टर उशा क्षेत्रीको ध्वजा अभिवादन तथा सचिव निर्मला श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।