२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

श्री जय बागेश्वरी बहुमुखी सहकारीको अध्यक्षमा पुनः अशोक साह

सोमवार , कार्तिक १२, २०८१

भैरहवा, १२ कार्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ स्थित श्री जय बागेश्वरी बहुमुखी सहकारी संस्था लि.को १९ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले पुनः अशोक कुमार साहको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत निर्वाचित गरेको छ । 

संस्थाको उपाध्यक्षमा अविनाश चन्द्र जयसवाल, सचिवमा अमर कुमार झा र कोषाध्यक्षमा सियाराम यादव रहेका छन् । त्यस्तै सदस्यहरुमा गुलाब चन्द्र गुप्ता, राजन कुमार कर्ण, सरोज विक्रम केसरी, राममूर्ति महतो र संजित कुमार जयसवाल रहेका छन् ।

त्यसै गरी लेखा सुपरीवेक्षण समिति संयोजकमा शत्रुधन पण्डित, सदस्यमा धर्मवीर प्रसाद जयसवाल र उषा भक्त रहेको निर्वाचन अधिकृत अधिवक्ता सुनिल कुमार त्रिपाठीले जानकारी दिए ।

साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि पूर्व सांसद् प्रमोद कुमार यादवले पछिल्लो समय धेरै सहकारीहरु समस्यामा परेको बेला श्री जय बागेश्वरी बहुमुखी सहकारी भने बलियो रहेको बताए । उनले भने, ‘यो सहकारीको सञ्चालक समिति पनि राम्रो हुनुहुन्छ । सहकारीले आफ्ना शेयर सदस्यहरुलाई दुःख दिएको छैन ।’

IMG_3322.JPG

त्यस्तै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले देश आर्थिक संकटबाट गुज्रिरहेको र सहकारीप्रति नकारात्मक सन्देश गएको बताए । उनले भने, ‘श्री जय बागेश्वरी बहुमुखी सहकारीले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।’

कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव, ५ का अध्यक्ष पुरन प्रसाद श्रेष्ठ, ३ का अध्यक्ष नारायण प्रसाद उपाध्याय, कृषि विकास बैंकका पूर्व निर्देशक राजेश श्रीवास्तव, श्री जय बागेश्वरी बहुमुखी सहकारीका संस्थापक अध्यक्ष तथा सल्लाहकार अमर कुमार झा, पूर्वअध्यक्ष शत्रुधन पण्डित, वरिष्ठ इञ्जिनियर सीताराम भक्त, व्यवस्थापक इन्द्रजीत साह लगायतले भनाइ राखेका थिए । 

IMG_3246.JPG

कार्यक्रम संयोजक एवं संस्थाका उपाध्यक्ष अविनाश चन्द्र जयसवालको स्वागत तथा दशरथ भक्तको सञ्चालनमा भएको कार्यक्रममा लेखा समिति संयोजक सियाराम यादवले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।