२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

शिशु ज्ञानकुन्जद्वारा तिहार महोत्सव

सोमवार , कार्तिक १२, २०८१

बुटवल, १२ कार्तिक । रुपन्देहीको बुटवल उपमहानपालिका वडा नम्बर ४ आर्दशनगरस्थित शिसु ज्ञान कुन्जमन्टेश्वरी स्कुलले तिहारको अवसरमा तिहार महोत्सव गरेको छ । विद्यालयमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरुले चित्रकला प्रर्दशनी, विभिन्न प्रकारका खाना समेत प्रर्दशनी गरिएको शिशु ज्ञान कुन्जका प्रधानाध्यापक रीता शर्माले जानकारी दिइन् । 

कार्यक्रममा  विद्यालयका अध्यक्ष चन्दा अर्याल, कार्यक्रम संयोजक तुलसी थापा लगायतले भनाइ राखेका थिए । सो कार्यक्रमबाट संकलन भएको रकम अनाथ आश्रममा सहयोग गर्ने योजना समेत रहेको प्रधानाध्यापक शर्माले बताइन् ।