
मंगलवार , कार्तिक १३, २०८१
बुटवल, १३ कार्तिक । फौरबिट नामक डिजिटल मार्केटिङ कम्पनीद्वारा कारखाना नामक कम्पनीको सहयोगमा, कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी तीदिने लुम्बिनी इनोभेटर्स बुट क्याम्प सम्पन्न भएको छ ।
बुटवलको मिलनचोकस्थित सिद्धार्थ कटेजमा आइतबार भएको कार्यक्रममा विद्यार्थीहरूलाई सिर्जनशीलता, नवप्रवर्तन र २१ औं शताब्दीका अत्यावश्यक सीपहरु सिकाइएको थियो ।
बुट क्याम्पमा स्ट्रयाच प्रोग्रामिङ, डिजिटल नागरिकता, कृत्रिम बुद्धिमत्ता (एआई), इलेक्ट्रोनिक्स जस्ता विषयहरूमा प्रशिक्षण दिइ विद्यार्थीहरूलाई व्यवहारिक परियोजनामा सहभागी गराइको थियो ।
कार्यक्रममा फौरबिट डिजिटल कम्पनीका सिईओ खुशी श्रेष्ठ अभिमुखीकरण प्रदान गरिकी थिईन् । कार्यक्रममा बोल्दै नेपथ्य कलेजका प्रिन्सिपल संजीव भण्डारीले यसप्रकारको कार्यक्रमले सानो उमेरदेखि बालबालिकालाई प्रोत्साहन गर्ने बताए ।
बुटवलस्थित लुम्बिनी बोडिङ्ग स्कूल, विश्व एकता एकडेमी, दीप बोर्डिङ स्कूल, न्यू होराईजन स्कूल, सिद्धार्थ बोर्डिङ स्कूलबाट २८ जना विद्यार्थीहरुले बुट क्याम्पमा भाग लिएका थिए ।
कार्यक्रममार्फत विद्यार्थीहरूलाई उद्यमशील मानसिकता प्रदान गर्न र उनीहरूलाई नवीन समाधानहरू विकास गर्न प्रेरित गरेको आयोजकले जनाएका छन् ।
यसका साथै, विद्यार्थीहरूका लागि बाल स्वास्थ्य र किशोर स्वास्थ्य सेवा सम्बन्धी विशेष सत्रको समेत आयोजना गरिएको छ । जसमा ओशिन श्रेष्ठले स्वास्थ्य परामर्श दिनेछन् । त्यस्तै शंकरनगरस्थित केन र्डाबेटिज क्लिनिक बाट विद्यार्थीहरूको मृगौला स्वास्थ्य जाँच पनि गरिएको थियो ।
कार्यक्रमले विद्यार्थीहरूको सृजनशीलता र प्रविधि ज्ञान अभिवृद्धि गर्नुकासाथै आफ्नो नवितम सोचलाई भिडियो गेम बनाएर छ वटा टिमले स्टल समेत राखेर प्रर्दशन गरेका थिए । गेम खेलेवापत प्रतियोगिले उद्यमशीलताको नमुना पनि पेश गरेको आयोजकले जनाएका छन् । कार्यक्रमको प्रायोजक मेरो किनमेल फूड डेलिभेरी कम्पनी, नेपथ्य कलेज, आइ एक्प्रेस, सिद्धि विनायक फूड प्रोडक्ट रहेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij