२०८३, आश्विन २ गते

Sep 18 2026 | २०८३, आश्विन २ गते

सबैखाले विपदबाट प्रदेशलाई सुरक्षित बनाउन  प्रभावकारी समन्वय जरुरी : मुख्यमन्त्री आचार्य

मंगलवार , कार्तिक १३, २०८१

  • 859
    Shares
  • 859
    Shares
  • दाङ, १३ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाइ सबैखाले विपदबाट सुरक्षित बनाउने गरी नीतिगत सुधार गरेर प्रदेश सरकार अघि बढेको बताएका छन् । नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश समितिले मंगलबार राप्ती उपत्यका देउखुरीमा आयोजना गरेको समन्वय परिषद् बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विपद प्रतिकार्यलाई प्रभावकारी बनाउन रेडक्रस लगायतका सरोकारवाला पक्षसंग सरकारले सहकार्य गर्ने बताए ।

    ‘दुःखमा पनि, सुःखमा पनि प्रदेश सरकार नागरिकको साथमा छ । त्यसमा रेडक्रस अभियानको महत्त्वपूर्ण योगदान छ’मुख्यमन्त्री आचार्यले भने–‘लुम्बिनी प्रदेशलाइ मानवताको प्रदेशको रुपमा अघि बढाएका छौं ।’ सरकारसँगको समन्वयमा रेडक्रसले पहिलो राहतको रुपमा सामाग्री पुर्याउन सफल भएको, स्थानीय तहसँगको समन्वयमा थालिएका कार्यक्रमहरुको प्रशंसा गरे। लुम्बिनी प्रदेश भुकम्प, बाढी, पहिरो, आगलागी, चट्याङ लगायतका विपदको दृष्टिकोणले उच्च जोखिममा छ । पहाडी जिल्ला पहिरो र तराईका जिल्ला बाढी तथा डुबानको चपेटामा पर्दै आएका छन् । 

    समन्वय परिषद्को बैठक रेडक्रस लुम्बिनीका अध्यक्ष लालप्रसाद पंगेनीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा समन्वय भएको थियो । बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना लगायत सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।