
सोमवार , फाल्गुण २४, २०७७
भैरहवा, २४ फागुन ।
१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सोमबार भैरहवामा पनि मनाइएको छ । महिलाको सुरक्षा सम्मान र रोजगार, समृद्ध नेपालको आधार भन्ने नारासहित दिवस मनाइएको हो ।
सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा २ जना श्रमिक महिलालाई सम्मान गरिएको छ । सि.न.पा– ९ का सह–चालक तुल्सा कुमारी रावल र सि.न.पा.–६ का डकर्मी नसिमा खातुन अन्सारीलाई नगदसहित सम्मान गरिएको हो ।
नगरउपप्रमुख उमा काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुर्दशन बरालले महिलाका हकअधिकार र भइरहेका कामको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा संविधानसभा सदस्य आदित्य नारायण कशौधन, प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, नगरप्रमुख हरि प्रसाद अधिकारी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी, सिद्धार्थ सामुदायिक समाजका अध्यक्ष समिता मल्ल, लगायतले बोलेका थिए ।
कार्यक्रमको सञ्चालनमाइती नेपालका भैरहवा प्रमुख माया क्षेत्रीले गरेकी थिइन् ।
कार्यक्रम अघि बुद्धचोकबाट निस्केको ¥याली नारायणपथ,बैकरोड हुँदै देवकोटाचोकमा पुगेर समापन भएको थियो । ¥यालीमा नगरपालिका जनप्रतिनिधि, कर्मचारीहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, संघ–संस्थाका प्रतिनिधिको व्यानर तथा प्लेकार्डसहित सहभागिता रहेको थियो । सिद्धार्थनगरले यो पटक विभिन्न कार्यक्रम गरी सप्ताहव्यापी महिला दिवस मनाएको उपप्रमुख काफ्लेले बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij