२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एमाले सिद्धार्थनगरको अध्यक्षमा चक्र थापा विजयी

मंगलवार , कार्तिक १३, २०८१

भैरहवा, १३ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीको अध्यक्षमा चक्र बहादुर थापा निर्वाचित भएका छन् । भैरहवामा सम्पन्न दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा थापा निर्वाचित भएका हुन् । उनी प्रथम अधिवेशनबाट पनि अध्यक्षमा निर्वाचित भएका थिए । योसँगै थापाले दोस्रो कार्यकालका लागि पुनः अध्यक्षको जिम्मेवारी पाएका छन् ।

अध्यक्षमा निर्वाचित थापाले ८१ मत प्राप्त गरेका छन् भने अध्यक्षका अर्का उम्मेदवार थानेश्वर पौडेलले ७९ मत प्राप्त गरेका छन् । पौडेल २ मतले पराजित भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा माया कंडेल निर्वाचित भएका छन् । कंडेलले १ सय ४४ मत प्राप्त गरिन् भने उनका प्रतिष्पर्धी गोमलाल खदालले १६ मत प्राप्त गरे । यसअघि कंडेल नगर उपसचिव थिइन्।

उपसचिवमा सरोज ठकुरी १ सय ७ मत प्राप्त गरी विजयी भए भने उपसचिवका अर्का उम्मेदवार राम दयाल गुप्ताले ५२ मत प्राप्त गरे । 

सचिवमा उमेश थापा लाटोमगर र उपसचिव (महिला) मा इन्दिरा देवी क्षेत्री निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक नर बहादुर घर्तीले जानकारी दिए । एमाले सिद्धार्थनगरको अधिवेशनबाट ५७ सदस्यीय कमिटी निर्वाचित भएको घर्तीले बताए ।

त्यसै गरी लेखा समिति अध्यक्षमा शेष नारायण भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय कमिटी निर्विरोध निर्वाचित भएका छन । अधिवेशनमा १ सय ७० जना मतदाता (प्रतिनिधि) रहेकोमा १ सय ६१ जनाले मतदान गरेका थिए ।