
बुधवार , कार्तिक १४, २०८१
तिमी हो शक्ति, देशको सन्तान,
उठायौ तिमीले, शानको अभियान ।
अण्डर–१७ मा खेल्यौ, बन्यौ सितारा,
प्रदर्शन देखायौ, गर्यौ जीत सारा ।
अण्डर–१९ मा त्यस्तै गर्यौ चमक,
देशले हेरेको, तिमी बन्यौ जमक ।
सिनियर खेलमा पहिलो शतक बनायौ,
गर्वको सागर, हृदयमा भरायौ ।
सिरिजको उत्कृष्ट, तिमी नै छौ नायक,
राष्ट्रिय र अन्तर्राष्ट्रिय, तिमी सधै अडिग ।
२०१४ मा विश्व कपमा, लियौ ह्याट्रिक,
गौरवशाली क्षण, बनायौ ऐतिहासिक ।
२० वर्ष देशको लागि खेलेको यो सेवा,
क्रिकेटको मुटुमा, छ तिमीले दिएको मेवा ।
एकेडेमी खोलेर, बनायौ सिपालु खेलाडी,
प्रशिक्षणले दिएर, देखायौ तिमीले फुल्ने प्यारी घडी ।
जुनियरदेखि सिनियर, उभ्यायौ तिमीले ताराहरू,
तिमीले सिंच्यौ आशा, खेलकुदमा फुलाए हर्षका हारहरू ।
अन्तर्राष्ट्रियस्तरको सपना देखाएर,
क्रिकेटको स्टेडियम बनायौ सँगै हात थापेर ।
तिमीले छाड्यौ छाप, इतिहासमा ठूलो काम,
हजारौं खेलाडीले, सम्झनेछन् तिम्रो नाम ।
देशको माटोमा तिमीले रोप्यौ जीवनको आधार,
शक्ति गौचन, तिमी हाम्रो हृदयमा छौ सधैं उज्ज्वल सितार ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij